१० मंसिर २०८१, सोमबार
एजेन्सी : पेरुमाथि जित हासिल गरी ब्राजिल कोपा अमेरिकाको फाइनलमा पेगेपछि नेमारले अर्जेन्टिनासँग फाइनलमा भिड्न चाहेको बताएका थिए । उनले खोजेकै भयो । अर्जेन्टिना कोलम्बियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । वर्तमान विश्वका प्रतिभावान र लोकप्रीय यी दुई फुटबल खेलाडीमाथि विश्वका खेलप्रेमीको ध्यान खिचिएको छ । ब्राजिलविरुद्ध अर्जेन्टिना खेल्न लाग्दा नेमारविरुद्ध मेस्सीले खेल्न लागेको जस्तो हुनलागेको छ ।
ब्राजिल फिफा वरियतामा तेस्रो स्थानमा छ भने अर्जेन्टिना आठौं स्थानमा छ । ब्राजिल ५ पटकको विश्वकप विजेता हो । अर्जेन्टिनाले २ पटक जितेको छ । यी दुवै देश महान फुटबलर जन्माउने देशमा पर्छन् । ब्राजिलमा पेले, रोनाल्डो नेमार जस्तो महान खेलाडी जन्मिए । र्जेन्टिनामा म्याराडोना र मेस्सी जस्ता महान खेलाडी जन्मिए ।
गोल मेसिन भनिने मेस्सीले अर्जेन्टिनाबाट किर्तिमानी गोल गरिसकेका छन् । उनले अली दाई र रोनाल्डोको आफ्नो देशका लागि गरेको १०९ गोललाई उछिन्न सक्छन् । मेस्सीले आउँदो विश्वकप २०२२ सम्म उत्कृष्ट लयमा रहेमा थप गोलहरु गर्दै विश्व किर्तिमान बनाउने सम्भावना भने रहेको छ । उनले एउटा मात्र विश्वकप अर्जेन्टिनालाई जिताएमा महान फुटबल खेलाडी डियगो म्याराडोनाको जस्तै स्थान बनाउन सक्थे ।
म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताउनुका साथै उपविजेता पनि बनाएका थिए । नेमारले भने आफ्ना देशका महान खेलाडी पेलेको बराबरी नाम बनाउन कठिन छ । पेलेले ब्राजिललाई तीनपटक विश्वकप जिताउन योगदान गरेका थिए । नेमारले अहिलेसम्म एकपटक पनि जिताउन सकेका छैनन् । उनी २९ वर्षका भइसकेकाले सम्भवत अब २ वटा विश्वकप खेल्ने सम्भावना मात्र बाँकी छ ।