गोरखा र स्याङजामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा फेला

होमल्याण्ड खबर

२०७८ असार २७ गते, आईतवार १५:१३ मा प्रकाशित

काठमाडौ गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश जनस्वास्थ्य प्रगोगशालाबाट गत जेठ ३१ गते जनस्वास्थ्य कार्यालय पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको जानकारी गराएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तीन महिला र स्याङजाको कालीगण्डकी गाउँपालिकाका दुईजना पुरुषमा डेल्टा भेरियन्ट पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले डेल्टा भेरियन्टमा अल्फा भेरियन्टमा भन्दा बढी संक्रमण हुने दर भएकाले स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षा अपनाउन सम्पूर्णमा अपिल गरेको छ ।

नेपालमा पछिल्लो समय ९ जनामा डेल्टाको म्युटेन्ट भेरियन्ट एवाई–१समेत पुष्टि भइसकेको छ ।