देशभर २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ असार २८ गते, सोमबार १७:०३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६ सय ८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण गर्दा ६ सय ८० गरी २ हजार ३ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १ सय ३३ जना निको भएका छन् ।