खुशी भित्र हराउदै फ्रान्स ,फोटोफिचरसहित

होमल्याण्ड खबर

२०७५ असार २७ गते, बुधबार ०८:४३ मा प्रकाशित

खुशी के हो ? यसको जवाफ दिन सजिलो छैन । तर सोचेको पुगेपछि जब मानिसका अंगहरु चलायमान हुन थाल्छन् तब खुशी झल्किन्छ । अनुहारसंगसंगै शरीरका अंगहरु आफ्नै शैलीमा खुशी हुन्छन् । त्यही खुशीमा मस्त रमेका छन् फ्रान्सका नागरिकहरु । विश्वकप फुटबलको फाइनलमा फ्रान्स पुगेसंगै राजधानी पेरिसले खुशी फुत्कायो । अंगअंग चलायो । सडकमा मानिसहरुको त्यो खुशीले विश्वलाई नै खिच्यो ।

विश्वकप फुटबलको सेमिफाइनलमा मंगलबार राति बेल्जियमलाई हराउँदै १२ वर्षपछि जब फ्रान्स फाइनलमा पुग्यो तब पेरिसले आफ्नो खुशी रोक्न सकेन । हजारौं फ्रान्सका नागरिक सडकमा ओर्लिए र खुशी साटे । सन् १९९८ मा आफ्नै घरमा भएको विश्वकप उचालेको फ्रान्स सन् २००६ को फाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक विश्वकप जित्नका लागि फ्रान्स तम्तयार छ ।

आइतबार हुने फाइनलमा फ्रान्सको भेट इङ्ल्याण्ड वा क्रोएसियासंग हुनेछ । सेमिफाइनल जित्दा त यसरी खुलेको पेरिस उपाधि नै जित्यो भने के सम्म गर्ने होला त्यो पनि प्रतिक्षामै रहने भयो ।

तस्वीर – एजेन्सी