५ जेष्ठ २०८३, मंगलवार
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हिजो बिहीबारभन्दा १० ले बढी हो । बिहीबार ३३ जनाको मृत्यु भएको थियो । त्यस्तै गत आइतबार भन्दा यो संख्या दोब्बरभन्दा बढी हो । आइतबार २० जना संक्रमितको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।


योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार गत आइतबार यताको तथ्यांक हेर्दा आइतबार २०, सोमबार १८, मंगलबार १२, बुधबार ११ र विहीबार ३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।