थप १८७५ जनामा कोरोना पुष्टिः २१ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण २ गते, शनिबार १७:१९ मा प्रकाशित

नेपालमा थप १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ८५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ३१० र ३ हजार २०८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६५ गरी जम्म १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको
मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार १६४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको मन्त्रालयले  जनाएको छ ।