५ जेष्ठ २०८३, मंगलवार
प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका काठमाडौं उपत्यकाका केन्द्रहरुको अनुगमन गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारबाट उपत्यका भित्र सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले निरीक्षण गर्ने भएका हुन् ।


उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने भएका हुन् ।
आइतबार नै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरुसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।
