धनगढीकाे प्रतिष्ठित वेस्टर्न इन्टरनेशनल बिजनेश स्कुलमा थप उत्कृष्ट व्यवस्थापन सहित नयाँ शैक्षिक सत्र सुरू

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार ०८:३८ मा प्रकाशित

धनगढीको प्रतिष्ठित वेस्टर्न इन्टरनेशनल बिजनेश स्कुलमा थप उत्कृष्ट व्यवस्थापन सहित नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुलले नविकरण शुल्क नतिरेको भन्दै मिति २०७६÷१२÷०४ गतेको मन्त्री परिषद्को बैठकले सञ्चालन अनुमति रद्द गरेको थियो।

मन्त्रालयले सञ्चालन अनुमति रद्द गरेपछि स्कुलका तर्फबाट राजकुमार सिंहले दिएको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले पठानपाठन सुरु गर्न अनुमति पत्र पठाएको छ।

आफूहरुले २०७६÷०७७ सम्म नविकरण शुल्क तिर्दा पनि मन्त्रालयले सञ्चालन अनुमति रद्द गर्न खोजेको बताउँदै स्कुलका प्रबन्ध निर्देशक शैलेन्द्र सिंहले सर्वोच्च अदालतले मन्त्रालयले रद्द गरेको सञ्चालन अनुमति खारेज गरेको पत्रकार सम्मलेलन गर्दै जनकारी दिनुभयाे । उहाँले भन्नुभयो— मन्त्रलयले स्कुलको संचालन अनुमति रद्द गरेपछि पठनपाठनमा गर्न समस्या भएको हो । अब निरन्तररुपमा पढाई सुरु हुनेछ।

अमेरिकाको डेल्टा यूनिभरसिटीबाट सम्बन्ध प्राप्त वस्र्टन इन्टरनेशनल विजनेश स्कुल सञ्चालन अनुमति शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले रद्द गरेपछि पठानपाठन समस्या उत्पन्न भएको थियो।सर्वोच्चको फैसलापछि भर्ना अभियान सुरु गरिएको प्रबन्ध निर्देशक सिंहले बताउनु भयो।उहाँले भन्नुभयो—विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन अनुमति खारेज गरेको थियो।तर वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार खड्काको एकल इजलासले मन्त्रालयले रद्द गरेको सञ्चालन अनुमति खारेज गरेसंगै पठनपाठन सुचारु गर्न पत्र पठाएको छ।

आइतबार विधालयमै पत्रकार सम्मेलन गर्दै प्रबन्ध निर्देशक डा. शैलेन्द्र प्रकाश सिंहले साउन ३ गतेबाट भर्ना अभियान सुरु गरिएको बताउनु भयो।उहाँले भन्नुभयो—असारबाटै भर्ना अभियान सुरु हुनुपर्नेमा मन्त्रालयको एकलौटी निर्णयले समस्या भयो, सर्वोच्च अदालतले निर्णय खारेज गर्न अन्तरिम आदेश जारी गरेपनी हामिले शिक्षा मन्त्रालयको संचालन अनुमती पत्र अनुसार भर्ना अभियान सुरु गरेका छौँ।

शिक्षा क्षेत्रलाई सेवामुखी नभै नितान्त व्यापारिक बनाउन चाहने र सुदूरपश्चिमका जनतालाई जहिलेपनि परनिर्भर बनाउन चाहने प्रायोजिक केहि मिडिया हाउसहरु वेष्टर्न कलेजका विरुद्धमा हात धोएर लागेपनि आफुहरु सत्यको पक्षमा भएकाले उनिहरुको कुनियतिले कलेज सञ्चालनमा कुनै फरक नपर्ने पनि वस्टर्न इन्टरनेसनल विजनेस स्कुलका प्रवन्ध निर्देशक डा.शैलेन्द्र सिंहले बताउनु भयो।

शिक्षा क्षेत्रका केहि माफियाको पैसामा बिकेका केहि मिडिया सञ्चालकहरुका कुकृत्यलाई अदालतले समेत उदांगो पारिदिएको भन्दै वस्टर्न इन्टरनेसनल विजनेस स्कुलका प्रवन्ध निर्देशक ढा.शैलेन्द्र सिंहले अगाडी थप्नु भयो—जहिले पनि सत्यको बिजय हुन्छ र सुर्यलाई हत्केलाले छोप्न सकिदैन भन्ने कुरा तीं पीत पत्रकारिता गर्नेले बुझ्न जरुरी छ।

सुदूरपश्चिमका जनताका छोरा छोरीले आफ्नै घरको मानो मुठो खाएर आफ्रनै ठाउँमा बसेर व्यवसायीक शिक्षा हासिल गर्न सकनु भन्ने पवित्र उद्देश्यले सञ्चालनमा ल्याइएको वेस्टर्न इन्टरनेसनल विजनेस स्कुलका प्रवन्ध निर्देशक ढा. शैलेन्द्र सिंहले भन्नु हुन्छ—हामी सति सालझै पवित्र अनि व्यवसायिक शिक्षा प्रदान गर्ने मामिलामा दृढ संकल्पीत भएर लागि पर्ने छौं।