काठमाडौँ उपत्यकामा थप ४७४ जनालाई कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार १७:०७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् भने ३२ जनाको मृत्यु भएको छ।

यसैगरी गत २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्।