५ जेष्ठ २०८३, मंगलवार
ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गर्नुभएको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ ।


ललितपुरमा मङ्गलबार दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिएका थिए ।