५ जेष्ठ २०८३, मंगलवार
पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६ सय ६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ ।

