९ मंसिर २०८१, आईतवार
अब उपत्यकाको ३ जिल्लामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई राति ८ बजेसम्म ट्रिपर चलाउन नदिन गृह मन्त्रालयले निर्देशन दिएको हो ।
ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । ट्रिपरकै कारण दुर्घटना बढेपछि गृह मन्त्रालयले सो विषयमा चासो देखाएको थियो । अधिकारीहरुले भने गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटना न्यून हुने विश्वास व्यक्त गरेका छन् । असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ । ती दुर्घटनामध्ये ४० वटामा ट्रिपर नै संलग्न रहेका थिए । सरकारको यो निर्णयले देशकै बढी दुर्घटना हुने नागढुङा गजुरी क्षेत्रलाई भने समेटेको छैन् । यस क्षेत्रमा बढ्दो दुर्घटनाको संख्यालाई न्यूनीकरण गर्न पनि सरकारी पहल हनु पर्नेमा सर्वसाधारणको माग रहदै आएको छ । विकशित देशमा भने ट्रिपरलाई पूर्णरुपले नै प्रतिबन्द्ध गरिएको पाइन्छ ।