थप २७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण ७ गते, बिहीबार १७:०६ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ८५९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ।

गत २४ घण्टामा १ हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।