५ जेष्ठ २०८३, मंगलवार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता प्रदान गर्ने मित्रराष्ट्रहरु अष्ट्रेलिया र जापानलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार जापानी राजदूत किकुता याकुता र अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कमार्फत उनले ती देशलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा जापानी राजदूत किकुताले उनको देशले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै नेपाल आउने जानकारी गराएका थिए ।


