थप २,९७७ जनामा कोरोना पुष्टि,१८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण ८ गते, शुक्रबार १६:२२ मा प्रकाशित

पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १८ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर बिधिबाट र ३ हजार ६ सय १० जनाको एन्टीजेन विधिबाट गरी कुल १७ हजार ३ सय ८ जनाको कोभिड १९ परीक्षण भएको छ । काठमाडौँ उपत्यकामा ६१३ जना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ६१ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६८२ र भेन्टीलेटरमा १७५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।