राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा

होमल्याण्ड खबर

२०७८ श्रावण १० गते, आईतवार १३:०९ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफुले राजीनामा दिन लागेको बताएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई दुःख दिएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

एन्फा उपाध्यक्ष नेम्वाङले आफूलाई अनेक बहाना बनाएर दिनदिनै दुःख र हैरानी दिएको प्रशिक्षक अलमुताइरीको भनाइ छ । राजीनानामा दिने जानकारी गराएका उनले आजै एन्फामा उक्त राजीनामा पत्र बुझाउने समेत बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘म राजीनामा दिन एन्फामा जान लागेको छु, किनभने वरिष्ठ उपाध्यक्षका कारण म बाध्य छु । पछिल्लो ३ हप्तादेखि उनले ममाथि नाटक गरिरहेका छन् । अब खुशी होलान् ।’

एन्फाले कुबेती नागरिक अलमुताइरीलाई २०७७ चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।