५ जेष्ठ २०८३, मंगलवार
यातायात व्यवसायीहरूले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका छन् । विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरुले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सवारीसाधनको साँचो बुझाएका हुन् ।
यस्तै व्यवसायीहरुले सबै यातायात मजदूरलाई कोभिड विरुद्धको खोप लगाउर्ने महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने लगायतका माग राखेका छन् ।

