५ जेष्ठ २०८३, मंगलवार
धादिङमा बेपत्ता युवती मृत अवस्थामा फेला परेको छ । दश दिनदेखि बेपत्ता २० वर्षीया सम्झना रोकालाई मृत अवस्थामा भेटिएको जनाइएको छ ।
गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया रोकाको शव सडेको अवस्थामा फेला परेको जनाइएको छ ।


युवतीको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले बताएको छ । शव उनको घरबाट ३ सय मिटरको दूरीमा रहेको जनाइएको छ ।