बेल्जियम विश्वकप फुटबलमा तेस्रो

होमल्याण्ड खबर

२०७५ असार ३१ गते, आईतवार ०५:०४ मा प्रकाशित

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे ।

विश्वकपमा बेल्जियमको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तर, गोल्डेन जेनेरेसन भनिएको यो टोलीलार्इ उपाधिको दाबेदारका रूपमा हेरिएको थियो ।

क्वार्टरफाइनलमा बलियो ब्राजिललार्इ हराएपछि टोलीको आत्मविश्वास बलियो भएको थियो । सेमिफाइनफलमा फ्रान्ससँग आफ्नो नियमित खेल देखाउन सकेन र फाइनलमा पुग्नबाट चुक्यो ।

इग्ल्याण्ड पनि लयमै देखिएको थियो । युवा खेलाडीहरूको बाहुल्यता रहेको उसले पनि फाइनलको सपना देखेको थियो । तर, सेमिफाइनलमा क्रोएसियासँग स्तब्ध भएर उसले तेस्रो स्थानका लागि भएको खेल पनि हारेको छ । यसअघि पनि समुह चरणमा भएको भेटमा पनि बेल्जियमले नै बाजी मारेको थियो । उपाधिका लागि आइतबार राति फ्रान्स र क्रोयसिया भिड्दै छन् ।