काठमाडौंमा ५० बर्ष माथिका छुटेका सबैलाई आज भेरोसेल खोप

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार ०८:४० मा प्रकाशित

महानगरपालिका भित्र पुनः भेरोसेल खोप कार्यक्रम सुचारु हुँने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो ।

महानगरले जारी गरेको सूचना अनुसार आज ५० बर्ष वा सो भन्दा माथि छुटेका सबैलाइृ खोप दिईने जनाईएको छ। खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।