अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार १२:४७ मा प्रकाशित

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ ।

बोर्डका अध्यक्ष ढुंगानाको छोरीको नाममा ‘बुक बिल्डिङ’ विधिबाट ‘आईपीओ’ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टमा लगानी रहेको समाचार आएपछि अर्थले यसबारे स्पष्टीकरण सोधेको हो ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित उक्त समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र त्यससम्बन्धी सत्यतथ्य, यथार्थत विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ ।