एनआईसी एशियाको दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

होमल्याण्ड खबर

२०७५ असार ३१ गते, आईतवार ०७:१० मा प्रकाशित

एनआईसी एशिया बैंकले दुई स्थानमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकले पर्वत जिल्ला, फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको सितलाबजारमा आफ्नो बाह्रौं र तेह्रौं शाखारहित बैंकिङ्ग सेवा आषाढ २९ गतेबाट संचालनमा ल्याएको छ ।
बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरेका छन् । बंैकको उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले श्रीमती कविता कुँवरलाई नियुक्त गरेको छ ।
यसैगरि बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धनसिंह सुनारलाई नियुक्त गरेको छ ।