फेसन पेन्टसले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार १६:५९ मा प्रकाशित

फेसन पेन्टस प्रा.लि ले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । फेसन पेन्टसका उत्पादनहरु इमल्सन, डिस्टेम्पर, इनामेल, प्राइमर जस्ता उत्पादनले नेपाली गुणस्तर प्रमाण पत्र प्राप्त गरेको हो । विगत ३ वर्ष देखि आफ्नो उत्पादन सुरु गरेको फेसन पेन्टसले नेपालीको लगानीमा नेपालमानै अन्तराष्ट्रिय स्तरको पेन्टस उत्पादन गर्न सकिन्छ भन्ने उदाहण दिएको नेपाल गुणस्तर विभागका प्रमुख विश्व बाबु पुडासैनीले बताएका छन् । उनले भने, हामीले तयार पारेको मापदण्ड भन्दा पनि राम्रो गुणस्तरको रङ्गहरु उत्पादन भएकोले आगामी दिनमा फेसन पेन्टसले बजार छिटै लिने विश्वास गरेका छौं ।

फेसन पेन्टसको नेपाल भर ८० भन्दा बढी डिलरबाट बजारमा पेन्टस विक्री भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका संचालक एंवम केमिकल विज्ञ अरविन्द सिंहका अनुसार कुनै पनि मल्टी नेश्नल कम्पनीले उत्पादन गर्ने पेन्टस भन्दा फेसन पेन्टसले उत्पादन गर्ने पेन्टस बढी गुणस्तर भएको बताएका छन् ।

उनले भने हामीले गुणस्तरको रङ्ग उत्पादन गरेर उपभोतmाको मन जितेका छौ यसलाई कायम राख्न सक्नु पर्छ । पछिल्लो समयमा फेसन पेन्टसको फरमुला अन्य कम्पनिको भन्दा फरक र वतावरण मैत्री हिसावले रङ्ग उत्पादनमा जोड दिएकाले हाम्रो उत्पादनको बजारमा माग बढ्दो छ ।

छिटै आगामी दिनमा फरक फरक किसिमका गुणस्तरीय रङ्गहरु उत्पादन गरेर बजारमा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ । हाल कम्पनीले एउटा घरमा प्रयोग हुने सम्पुर्ण पेन्टस उत्पादन गर्दै आइरहेको छ ।