पछिल्लो २४ घण्टामा थप ३३६५ जनामा कोरोना संक्रमण , १४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार १७:१२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ३ ३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १४ हजार २४२ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ५५५ र एन्टिजेन परीक्षण ४ हजार ६८७ भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३ सय ७३ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६ सय ४२ जना र एन्टिजेन ५९ हजार ३ सय ८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ । कोरोना मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८ सय ७ पुगेको छ ।