२४ फाल्गुन २०८२, आईतवार
अखिल नेपाल फुटबल संघ(एन्फाले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर आह्वान गरेको कार्य समितिको आपतकालीन बैठक शुक्रबार अपरान्ह बस्दै छ। एन्फा प्रवक्ता किरण राईले बैठकमा अल्मुताइरीले फेसबुकमा लेखेको विषय र नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न आएको प्रस्तावबारे छलफल हुने बताए।
केही दिनअघि प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई कारण देखाउँदै आफूले पदबाट राजीनामा बुझाउन लागेको बताएका थिए। तर अल्मुताइरीले अझै राजीनामा दिएका छैनन्। फेसबुक स्टाटसमा अल्मुताइरीले तीन सातायता नेम्वाङले आफूसँग नाटक गरिरहेको उल्लेख गरेका थिए।

