५ जेष्ठ २०८३, मंगलवार
नेपाली सेनाका बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।


नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८–५–२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८–४–२५ गतेबाट घरबिदामा बस्ने भएकाले राष्ट्रपति भण्डारीले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य. नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई २०७८–४–६ गतेदेखि लागू हुनेगरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
