५ जेष्ठ २०८३, मंगलवार
सरकारले दार्चुला घटनाको छानबिनका लागि समिति गठन गरेको छ । दार्चुलाका जयसिंह धामी तुइनमार्फत महाकाली नदी तर्नेक्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति बनाएको हो ।
गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

