आशिष नेहेराको सुखद विदाई

होमल्याण्ड खबर

२०७४ कार्तिक १७ गते, शुक्रबार ०३:११ मा प्रकाशित

एजेन्सी नयाँ दिल्ली-

Ashish Nehra of India was presented with memento by Indian team and BCCI during the the 1st T20I match between India and New Zealand held at the Feroz Shah Kotla Stadium in New Delhi. 1st November 2017
Ashish Nehra of India and Martin Guptill of New Zealand during the 1st T20I match between India and New Zealand held at the Feroz Shah Kotla Stadium in New Delhi. 1st November 2017

न्युजिल्यान्डबिरुद्धको पहिलो टि – ट्वान्टीमा सहज जित निकाल्दै भारतले आफ्ना भेट्रान क्रिकेटर आशिष  नेहेराको सुखद विदाई गरेको छ।

दिल्लीमा बुधबार राति नेहेराले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट खेल्न मैदान उत्रेको खेलमा न्युजिल्यान्डमाथि ५३ रनको जित निकाल्दै भारतले नेहेराको सुखद विदाई गरेको हो।

नेहेराको विदाई खेलमा पहिले ब्याटिङ गरेर भारतले दिएको २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको न्युजिल्यान्डले पुरै २० ओभरमा ८ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

नेहेराले आफ्नो करियरको अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध ४ ओभर बलिङ गरेका थिए। २७ रन खर्चिएका उनले विकेट भने लिन सकेनन्।

यो खेलसँगै बायाँ हाते फास्ट बलर नेहेरा अब सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय खेलाडीका रूपमा देखा पर्नेछैनन्।

पछिल्लो समय चोटबाट गुज्रिरहेका नेहेराले सन् १९९९ मा श्रीलंकाविरूद्ध टेष्ट खेल्दै भारतीय टोलीमा डेब्यू गरेका थिए। उनले सन् २००४ मा आफ्नो अन्तिम टेस्ट पाकिस्तानसँग खेलेका थिए। उनले टेष्टमा १७ म्याचको २९ इनिङ खेल्दै ४४ विकेट लिएका थिए।

यस्तै जिम्बाम्बेबिरूद्ध सन् २००१मा वानडेमा डेब्यू गरेको नेहराले पाकिस्तानसँगै सन् २०११ मा अन्तिम ओडिआई खेलेका थिए। ओडिआई करियरमा १२० खेलबाट उनले १५७ विकेट लिएका थिए।

सन् २००९ मा श्रीलंकाविरूद्ध टि-२०मा डेब्यू गरेका नेहराले बुधबार अन्तिम टि-ट्वान्टी खेलेका हुन्। उनले २७ टि-२० बाट ३४ विकेट लिएका थिए। ‘मलाई यी सबैको कमी महसुस हुनेछ। तर एक चिज मेरा लागि निश्चित हुन्छ त्यो हो-मेरो शरीरको आराम,’ शन्यास लिएपछि उनले भने,‘मेरो लागि सन्याश लिने यो भन्दा उत्कृष्ट समय अरू कुनै हुनेछैन।’