टोकियो ओलम्पिक : ३२ स्वर्णसहित चीन अगाडि

होमल्याण्ड खबर

२०७८ श्रावण २१ गते, बिहीबार ०८:३५ मा प्रकाशित

जापानमा जारी टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रता कायमै राखेको छ ।

बुधबारसम्मा १२औँ दिनको खेल सकिँदा छिनोफानो भएका २ सय ४३ स्वर्ण पदकमध्ये चीनले ३२ स्वर्णसहित कुल ७० पदक जितेको छ ।

चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो । अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७९  पदक जितेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको जापानले २१ स्वर्णसहित कुल ४० पदक जितेको छ ।

ग्रेट ब्रिटेन १५ स्वर्णसहित ४८ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलियाले १५ स्वर्णसहित कुल ३६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै रसियन ओलम्पिक कमिटिले १४ स्वर्ण जित्दा जर्मनीले ८ स्वर्ण जितेको छ ।  फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स, इटाली र दक्षिण कोरियाले ६–६ स्वर्ण हात पारेका छन् ।

क्युवाले ५ स्वर्ण जित्दा हंगेरी, क्यानडा, ब्राजिल र चेक रिपब्लिकले ४–४ स्वर्ण तथा पोल्याण्ड, स्विट्जरल्यान्ड र क्रोएसियाले ३–३ स्वर्ण पदक हात परेका छन् ।

दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, जमैका, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।

त्यस्तै २७ राष्ट्रले १–१ स्वर्ण पटक जितेका छन् ।