८ मंसिर २०८१, शनिबार
नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा संचालनमा ल्याएको हो ।
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अनलाइनमार्फत् १२ वटा शाखाको उद्घाटन गरे । कर्णाली प्रदेशमा ५, प्रदेश ५ मा १ र प्रदेश ७ मा ६ वटा नबिल बैंकका शाखाहरु संचालन गरिएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एकै पटक १२ वटा शाखा संचालनमा ल्याइएको बताए । १२ वटा थप भएसँगै नबिल बैंकको देशभर ७४ वटा शाखा संचालनमा आएको छ । १ सय १५ वटा एटिएमहरुको संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टको प्रभावकारी परिचालनमार्फत् सेवाग्राहीलाई थप सन्तुष्टि प्रदान गर्ने बैंकको दावी छ । बैंकले स्थानीय तहमा संचालन गरिएका शाखाहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।