९ मंसिर २०८१, आईतवार
फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको लागि बधाई ज्ञापन गरेको छ । कतार एयरवेजको च्यानलमार्फत मात्र २५ करोडभन्दा बढी भ्युजसहित विश्वभर यस प्रतियोगिताका करिब २ अर्बभन्दा बढी दर्शकहरु रहेको कम्पनीले जनाएको छ ।
कतार एयरवेज सफलतापूर्वक यस संस्करणको विश्वकपको आयोजनामा साथ दिँदै अब २०२२ मा कतारमा हुने प्रतियोगिताको लागि तयारीमा केन्द्रित छ ।
फुटबल प्रशंसकहरुलाई एकजुट गर्न सफल २०१८ फिफा विश्वकप एक रोमाञ्चक प्रतियोगिता रह्यो र यस उत्सव मनाउने क्रममा कतार एयरवेजले प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप अनुसार एक बोइङ ७७७ विमान तयार गरेको थियो ।
आयरल्याण्डमा हस्त चित्रण गरिएको सो विमानमार्फत संसारको अग्रणीमध्येको एयरलाइन्सले आफ्नो यो महत्वपूर्ण साझेदारीप्रतिको प्रतिवद्धताको एक उदाहरण प्रकाश पारेको छ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “क्रोएसिया माथिको महत्वपूर्ण जीतको लागि म सम्पूर्ण फ्रान्सको टिम तथा फ्रान्सेली नागरिकहरुलाई हार्दिक बधाई दिन चाहन्छु । फुटबल तथा खेलकूद प्रतिको माया र उत्साहको माध्यमले संसारलाई एकजुट गर्न सफल यस भव्य उत्सवमा सहभागी हुन पाउँदा हामी गौरवान्वित भएका छौँ । यस प्रतियोगिताको उत्साह तथा विश्वभरका फुटबल प्रेमीहरुको अद्भूत जोशले हामीलाई अझ प्रेरित गरेको छ । ”