उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

होमल्याण्ड खबर

२०७८ श्रावण २६ गते, मंगलवार १५:३० मा प्रकाशित

काठमाडौं उपत्यकामा रातिको ८ बजेपछि सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको हो । उनले अत्यावश्यक सवारीसाधन भने जतिसुकै समयमा चल्न पाउने जानकारी दिए ।
उपत्यकामा थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।