४ जेष्ठ २०८३, सोमबार
२०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरे पश्चात हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुवाती दिनहरुमा यसको कार्यान्वयनमा कडाई गरेको देखिएता पनि कोरोना संक्रमण पछिका दिनहरुमा क्रमश हर्नको प्रयोगमा बृद्धि हुदै गएको देखिन्छ ।
ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न आजदेखि ‘हर्न निषेध’ का लागि स्टिकर टाँस्ने अभियान शुरू गरेको छ । उक्त स्टिकर चालकले देख्ने गरि अगाडीको सिसामा टासिएको महाशाखाले जनाएको छ । एसएसपी भट्टराईले नो हर्न अभियानलाई थप कडाई गर्न आजैवाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानलाई शुरु गरेको जानकारी दिए ।

