४ जेष्ठ २०८३, सोमबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ९०७ पीसीआर परीक्षण गर्दा २ हाजर ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षण गर्दा ८६५ जना गरी ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ ।


त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।