४ जेष्ठ २०८३, सोमबार
नेपालमा कोरोना संक्रमण फेरि बढ्दै गएको छ। हरेक दिन संक्रमितको संख्या बढ्दै गएपछि तेस्रो लहर सुरु हुने चेतावनी विज्ञहरुले दिइरहेका छन्। संक्रमणबाट जोगिन सरकारले सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न निर्देशन जारी गरेको छ।
काठमाडौँ उपत्यकामा संक्रमण रोकथामका लागि निषेधाज्ञा पनि जारी गरिएको छ तर निषेधाज्ञाको सही पालना हुन सकेको छैन। प्रशासनले निषेधाज्ञा पालना गराउन भूमिका नखेलेको आरोप लागिरहेका बेला बिहीबार काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन निरीक्षण गरिएको छ।

