९ मंसिर २०८१, आईतवार
सरकारले रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु गदैछ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकशेन सर्भे गर्न लागेको रेल विभागले जनाएको छ ।
अध्ययनका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी अघि बढी सकेको छ । सम्झौताका लागि पूर्व तयारी भइसकेको रेल विभागका महानिर्देश दीपक भट्टराईले जानकारी दिए ।
उनका अनुसार भारत सरकारकै लगातमा फाइनल लोकेशन सर्भे गर्न लागिएको हो । भारतीय रेल्व कम्पनीको एउटा गाइडलाइन रहेको छ, त्यसको आधारमा सर्भ गर्न लागिएको उनको भनाइ छ ।
सरकारले पूर्णता प्राप्त नगरेको र मन्त्रालय पनि मन्त्रीविहीन भएकाले गर्दा सम्झौता रोकिएको छ । राजनीतिक तहको प्रकृया पूरा गर्नुपर्ने भएकाले गर्दा पनि मन्त्री नियुक्त नभएका कारणले मिति तय नभएको देखिन्छ । दुई पक्षबीच भएको सम्झौताको मितिले भारतीय पक्षले १८ महिनाभित्रमा १ सय ३५ किलोमिटर लामो परियोजनाको प्रतिवेदन बुझाउने छ ।