४ जेष्ठ २०८३, सोमबार
काठमाडौंबाट पाल्पा जाँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार पौने १० बजे तानसेन नगरपालिका वडा नम्बर -७ सालघारीस्थित प्रभास सराई भित्री सडकखण्डबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
लु १ ब २९९२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खस्दा ११ जना घाइते भएको उनले बताए। सो गाडी काठमाडौंबाट तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छरे जाँदै थियो । घाइतेहरू सबैलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।

