४ जेष्ठ २०८३, सोमबार
अफगानिस्तानबाट उद्धार गरिएका नेपालीले स्वदेशको माटो टेकेका छन् । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानमा फसेका १ सय २७ नेपाली नागरिक स्वदेश फर्किएका हुन्।
उनीहरुलाई जजिरा एयरलाइन्सबाट बिहान साँढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । विभिन्न कम्पनी मार्फत अफगानिस्तानमा काम गर्न पुगेका उनीहरुलाई अमेरिकाले उद्धार गरेर कतारको दोहासम्म पुर्याएको थियो ।


उनीहरुलाई दोहाबाट नेपाल ल्याइएको हो । अफगानिस्तानलाई तालिवानले आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ रहेका विदेशी नागरिक धमाधम स्वदेश फर्कन थालेका छन् ।