एभरेष्ट बैंकको क्यूआर कोड अब साझाका पेट्रोल पम्पमा

होमल्याण्ड खबर

२०७८ भाद्र १ गते, मंगलवार १३:१३ मा प्रकाशित

एभरेष्ट बैंकले साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पमा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सेवा विस्तार गरेको छ ।

बैंकले आधुनिक बैंकिङ सेवा–सुविधा उपलब्ध गराउन यो सेवाको सुरुवात गरेको जनाएको छ । बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले सेवाको सुरुवात गरेका हुन् ।

हाल बैंकले १०४ शाखा, १३६ एटीएम, ३१ राजस्व संकलन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।