४ जेष्ठ २०८३, सोमबार
नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सोही अवधिमा २१ सय ४ जना संक्रमणमुक्त हुनुका साथै ४२ जनको मृत्यु भएको बताउनुभयो ।
आज थपिएकामध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ७११,भक्तपुरमा १२२ र ललितपुरमा १६० जनालाई संक्रमण पुष्टि भएको छ । अहिले ४० हजार ३३८ जना सक्रिय संक्रमित छन् जसमध्ये ७७० जना आइसियु र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

