४ जेष्ठ २०८३, सोमबार
सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ । यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो । विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो। मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी शुरु भएको हो ।

