३० कार्तिक २०८१, शुक्रबार
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आज रुस जाँदैछन् । नयाँ शक्तिले यो भ्रमणलाई प्राज्ञिक भ्रमण भनेको छ । उनी रुस हुँदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली लगायत पुग्नेछन् ।
प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रिया÷छलफल गर्ने भएका छन् ।
यो भ्रमणलाई उनले सकेसम्म आफ्नो ज्ञानको दायरा फराकिलो पार्ने र आफ्नो अनुभव आदानप्रदान गर्नमा उपयोग गर्ने नयाँ शक्तिले जनाएको छ । भ्रमणकै क्रममा उनी गैर आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुनेछन् ।
उनी साउन २३ गते काठमाडौं फर्किँदैछन् ।