४ जेष्ठ २०८३, सोमबार
झापामा श्रीमान र श्रीमतीसहित ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कन्काइ नगरपालिका–१ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना आज बिहान झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकका परिवारका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर क–कसलाई सक्रमण भएको भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ ।


घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । अनुसन्धान पछि मात्रै घटनाबारे थप जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ ।