काठमाडौँ उपत्यकामा निषेधालाई निरन्तरता दिइने, निर्णय गर्न प्रजिअको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १२:०० मा प्रकाशित

काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा आज सरोकारवालासँग छलफलपछि निर्णय हुने उनले बताए । संक्रमण बढेको भन्दै यसअघिबाट राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।

पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिदैछ । देशभर संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुँदै आएको छ ।