जापानले अनुदानमा दिएको बाँकी खोप नेपाल आइपुग्यो

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १२:४९ मा प्रकाशित

जापानबाट अनुदानको बाँकी खोप नेपाल आइपुगेको छ । कतार एयरलाइन्सको विमानमा सोमबार बिहान साढे ९ बजे झन्डै पाँच लाख डोज अस्ट्राजेनेका खोप आइपुगेको हो । गत शनिबार जापान सरकारले २ लाख ८  हजार ७ सय डोज पठाएको थियो ।

जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी पठाइएको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सयभन्दा धेरैले खोप लगाइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखजतिले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।