८ मंसिर २०८१, शनिबार
महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा ७ % छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवा शुल्कमा १०% छुट प्राप्त गर्ने बैंकद्वारा प्रकाशित बिज्ञप्तिमा जनाएको छ ।