पहिरोले अवरूद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड अझै खुलेन

होमल्याण्ड खबर

२०७८ भाद्र १४ गते, सोमबार १०:३१ मा प्रकाशित

अविरल वर्षापछि खसेको पहिरो खसेर बिहान साढे ५ बजेदेखि अवरूद्ध भएको नागढुङ्गा–नौबिसे सडकखण्ड अझै सञ्चालनमा आएको छैन । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए ।

अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि बिहानैदेखि डोजरको प्रयोग भइसकेको छ । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।