थप १६६४ जनामा कोरोना संक्रमण, १७८६ जना संक्रमणमुक्त

होमल्याण्ड खबर

२०७८ भाद्र १५ गते, मंगलवार १८:५२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ पीसीआर परीक्षण गर्दा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षण गर्दा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ ।  योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ।

१ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।