८ मंसिर २०८१, शनिबार
नेपालमा राजसंस्था र राजतन्त्र अन्त्य भएको करीब १४ वर्ष पुगेको छ । यद्यपी अझै हजारौ रोपनी जग्गा भने ‘श्री ५ वायुगुठी’ नाममा रहेको छ । पुस्तौदेखि किसानहरुले कमाई आएको हजारौ रोपनी जग्गा जमिनको धनी नाम ‘श्री ५ वायुगुठी’ अंकित छ ।
धादिङ र गोरखामा केही जग्गाहरुमा अझैपनि किसानहरुले खेती गर्छन् र कर तिदै पनि आएका छन् । तर, उनीहरुले लालपुर्जा बनाउन सकेका छैनन् । किसानहरु राजसंंस्था र श्री ५ नै नभएको अवस्थामा दुरदराजका किसानलाई ‘श्री ५ को भ्रम’मा राख्न नहुने तर्क गर्छन् । गोरखाको पुरानो थुमी गाविसका ७ सय ४९ किसानले उपभोग गर्दै आएका खेतबारी र घरघडेरी श्री ५ वायुगुठीको नाममा रहेको छ । कुल जग्गामध्ये ७३ जना किसानले आफ्नो नाममा लालपुर्जा लिएका छन् ।
आर्खेत बजार र ढुंगेफाँटको बस्ती अझैपनि ज्यामरुङ दरबारका राजा लीलाविक्रम शाहको नाममा रहेको छ । आर्खेत बजार र ढुंगेफाँटको बजार स्थानियवासीले कब्जामा लिइसकेका छन् । लामो समय देखि मोहीले जग्गा आफ्नो नाममा बनाउन खोजेपनि अझैसम्म नसकेको किसानहरुको भनाइ छ ।