बनेपा बजारमा डुबान, अरनिको राजमार्ग अवरूद्ध

होमल्याण्ड खबर

२०७८ भाद्र २१ गते, सोमबार १०:२८ मा प्रकाशित

भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ ।

होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।